दार्चुला । कोरोनाको कारण प्रहरीको जनशक्ति कम भएपछि दार्चुला कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ।

प्रहरी क्वारेन्टाइन व्यवस्थापन र सुरक्षाकाे काममा केन्द्रित भएकोले कारागारको सुरक्षामा नेपाली सेनालाई खटाइएको हो।

सरकारकाे निर्णय अनुसार सुरक्षा समितिको बैठकले असार १ गतेदेखि कारागार सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। दुर्गादल गुल्मबाट कारागार सुरक्षामा सेना खटिएकाे हाे ।

यसैबिच शैल्यशिखर नगरपालिका-१ बलाँचस्थित चमेलिया जलविद्युत आयोजनाको सुरक्षामा पनि असार ५ गतेदेखि नेपाली सेना खटिने भएको छ । २०७४ सालदेखि सशस्त्र प्रहरीले चमेलिया जलविद्युतअायाेजनाको सुरक्षा गर्दै अाएकाे थियाे ।

सरकारले सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाउने निर्णयगरेपछि बलाँचमा रहेकाे जलविद्युतकाे सुरक्षाकाे लागि नेपाली सेना खटिन लागेको हाे ।

दार्चुलामा सशस्त्र प्रहरीकाे बोर्डर आउट पोष्ट थपिने भएपछि त्यहाँ कार्यरत सशस्त्र प्रहरीलाई बीअाेपीमा समायोजन गर्न लागिएको छ । सरकारले लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जौलजीवि, व्यासको दुम्लीङमा बोर्डर आउट पोष्ट राख्ने तयारी गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?