दार्चुला । दार्चुलाका १२ जना संक्रमित मध्ये ९ जना घर फर्किएका छन् । महाकाली नगरपालिकाका २१ वर्षीय कोरोना संक्रमित यसअघि नै कोरोना जितेर घर फर्किएका थिए । सोमबार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरस्थित क्वारेन्टाइनको आइसोलेसनमा बसेका ८ जना संक्रमितलाई पनि घर पठाइएको छ ।

तीन हप्ता पहिले भारतबाट आएका उनिहरुलाई पीसीआर विधिबाट संक्रमण पुष्टी भएको दुई हप्ता बितेपनि कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार घर पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

घरमा होम क्वारेन्टाइनमा बस्ने सर्तमा आठै जना संक्रमितलाई फुलमाला सहित बिदाई गरीएको छ । दोस्रो चोटी पीसीआर विधिबाट परीक्षण नगरेरै संक्रमितलाई घर पठाउदा कोरोना संक्रमणको जोखिम बढ्ने गुनासो आइरहेको छ । तर स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार संक्रमण पुष्टी भएको १४ दिनसम्म कुनै लक्षण नदेखिएमा दोस्रो चोटी परीक्षण नगरेरै घर पठाउन सकिने उल्लेख गरिएको छ ।

सोमबार घर पठाइएका आठै जनामा कोरोना भाइरससंग मिल्ने कुनै लक्षण नदेखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा पुष्टी भएका १२ जना संक्रमितमध्ये ९ जना घर फर्किएसंगै अहिले दुई जना लेकम गाउँपालिका र एक जना महाकाली नगरपालिकाको क्वारेन्टाइनमा गरी तीन जना संक्रमित मात्रै आइसोलेसनमा रहेका छन् । उनिहरुलाई समेत मंगलबारसम्म स्वास्थ्य अवस्था बुझेर होम क्वारेन्टाइनमा बस्नका लागि पठाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

पछिल्लो एक हप्तामा दार्चुलाका कसैको पनि पीसीआर विधिबाट परीक्षण भएको छैन् । आरडिटी विधिबाट जिल्लाभरीमा हालसम्म ८४ जनाको रिपोर्ट पोजेटिभ आएपनि पीसीआर विधिबाट परीक्षण नगरिदा गाउँघरमा कोरोनाको त्रास घट्न सकेको छैन् । देशभरी कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको बेला दार्चुलामा भारत तथा जिल्ला बाहिरबाट आएकाहरुको पीसीआर विधिबाट परीक्षण नहुदा संक्रमण पुष्टी नभएको हुनसक्ने अनुमान गरिएको छ ।

सोबार दिउँसोसम्म झण्डै तीन हजार जनाको आरडिटी परीक्षण गर्दा ८४ जनाको रिर्पोट पोजेटिभ आएको छ । सोमबार मार्मा गाउँपालिका र लेकम गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका ७ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो । लेकम गाउँपालिका १ सर्मोलीको क्वारेन्टाइनमा बसेका चार जनाको आज आरडिटी परीक्षण गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको स्थानीय दिपक साउँदले जानकारी दिनुभयो ।

गत हप्तासम्म दार्चुलाका सात सय ९२ जनाको पीसीआर विधिबाट थ्रोट स्वाबको नमूना परीक्षण गरीएकोमा १२ जनाको पोजिटिभ आएको, पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र बाँकी ७७५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन विरेन्द्रराज भट्टले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?