दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ८ का नेकपा वडा कमिटि सदस्य प्रेमसिह धामीले व्याक्तिगत खर्चमा क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्नुभएको छ ।

भारतको नयाँदिल्लीबाट गौरिफन्टा नाका हुदै दार्चुला पुगेका महाकाली नगरपालिका ८ कै ६ जनालाई स्थानीय सामाजसेवी धामीले होम क्वारेन्टाइनको निर्माण गरेर नि:शुल्क खाने, बस्ने व्यवस्था गर्नुभएको छ ।

जेठ १४ गते दार्चुला महाकाली नगरपालिका-४ स्थित बहुमुखी क्याम्पस खलंगाको क्वारेन्टाइनमा बसेका उनिहरुलाई १४ दिनपछि होम क्वारेन्टाइनमा बस्न गाउँ पठाइएको थियो ।

होम क्वारेन्टाइनमा बसेका देव दत्त बडू, मोहन दत्त बडू, विक्रम दत्त बडू, यादव जोशी, विक्रम खत्री र हेमन्त सिहं धामीलाई एक हप्ता पहिलेदेखि धामीले आफ्नै लगानीमा होम क्वारेन्टाइनमा राख्नुभएको हो । क्वारेन्टाइनमा बसेकाहरुले नगरपालिकाले निर्माण गरेकाे क्वारेन्टाइनभन्दा राम्राे व्यवस्थापन गरिदिएकाे भन्दै समाजसेवी धामीलाइ धन्यबाद ब्यक्त गरेका छन् ।

स्थानीय खुद्रा व्यापारी समेत रहेका धामीले क्वारेन्टाइनमा बसेकाहरुलाइ प्रतेक दिन भात, रोटी र नास्ताको व्यवस्था गर्दै आउनुभएको छ ।

ब्याक्तिगत खर्चमा क्वारेन्टाइन निर्माण गरि ६ जनालाइ खाने बस्ने व्यवस्था मिलाइरहनुभएका प्रेमसिह धामी

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?