दार्चुला । लेकम गाउँपालिकाले प्रार्थमिकताका साथ निर्माण गरिरहेको गोकुलेश्वर-लाली सडक खण्ड अन्तरगत सिरोडा पिपलदेखी मैखाेली क्षेत्रमा निर्माणको काम शुरु भएको छ ।

गोकुलेश्वरदेखि सिरोडा पिपलसम्म यसअघि नै सडक निर्माण भएपनि सिरोडा पिपलभन्दा अगाडीको काम लामो समयदेखि रोकिएको थियो । लेकम गाउँपालिका र संघिय सरकारको समपुरक बजेटबाट ठेक्का प्रकृया पुरा गरेर शनिबार बेलुकीदेखि सडक निर्माणको काम शुरु गरिएको निर्माण व्यवसायी रामदत्त जोशीले बताउनुभयो ।

लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीका अनुसार लेकम गाउँपालिकाको ३९ लाख र केन्द्र सरकारको पनि ३९ लाख गरी ७८ लाख रुपैया बजेटमा उक्त सडक निर्माण भइरहेको हो । ठेक्का प्रकृर्या, कन्टलजेन्सी शुल्क लगायत रकम घटाएर ६५ लाखमा सडक निर्माणको काम हुने नेकपा लेकम गाउँपालिका ईन्चार्ज समेत रहेका निर्माण व्यवसायी जोशीले बताउनुभयो ।

६५ लाख बजेटमा सिरोडा पिपलबाट गडानी हुदै मैखोली क्षेत्रमा डिपिआर अनुसार २८ हजार घनमिटर भन्दा बढी ६ मिटर चौडाइको सडक निर्माण हुने छ ।

चालु आर्थिक वर्षमै गोकुलेश्वर लाली सडकखण्ड अन्तरगत खरकडादेखि लाली क्षेत्रमा समेत उपभोक्ता समिति मार्फत सडक निर्माणको काम भइरहेको छ । अगामी वर्ष लालीसम्म सडकको ट्र्याक खुलाउने गरी बजेट विनियोजन गरिने गाउँपालिका अध्यक्ष जोशीले बताउनुभयो ।

यसैबिच गोकुलेश्वरबाट गाउँ हुदै भारतीय सीमा जोडने सडक निर्माणको काम शुरु भएसंगै लेकमका स्थानीय खुसी भएका छन् । लामो पर्खाइपछि सडक निर्माणको काम शुरु भएको छ, स्थानीय इन्द्रदेब जोशीले भन्नुभयो, अब डिपिआर अनुसार तिब्र गतिमा निर्माणको काम हुनुपर्छ ।

६ मिटर चौडाइको उक्त सडक निर्माण सम्पन्न भएपछि गोकुलेश्वरबाट लालीसम्म ३ घण्टाभन्दा कम समयमै यात्रा गर्न सकिनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?