चमेलिया नदीमा लेकमकी ७२ वर्षीया वृद्धाको शव फेला

दार्चुला । दार्चुला र बैतडीकाे सीमा नदी चमेलियामा लेकम गाउँपालिकाकी एक वृद्धाको शव फेला परेको छ।

दोगडाकेदार गाउँपालिका –६ स्थित चमेलिया नदी किनारमा दार्चुलाको लेकम गाउँपालिका –१  सर्माेली बित्थडकी ७२ वर्षीया झिमा कार्कीको शव फेला परेको प्रहरीले जनाएकाे छ ।

सोमबारदेखि घरबाट बेपत्ता भएकी ती वृद्धाको शव मंगलबार मध्यान्ह १२ बजे भेटिएको हाे । बालुवा निकालिरहेका स्थानीय बासिन्दाले वृद्धाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

वृद्धा कुष्ठरोगी रहेको र नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?