दार्चुला । सुदूरपश्चिममा थ्रोट स्वाब राख्ने भाँडो अर्थात भिटिएम नहुँदा स्वाब संकलनको कार्य फेरी रोकिएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भिटिएमाको मौज्दाता सकिएपछि पूर्ण रुपमा स्वाब संकलनको कार्य रोकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।

भीटीएम संघीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरीएको उहाँले बताउनुभयो । यसअघि संकलन गरीएका दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकोमा अव धनगढीको पशु अन्वेषण प्रयोगशालामा जडान गरीएको आरटी–पीसीआर मेसिनमा स्वाब नभएर परीक्षण नै बन्द हुने देखिएको डाक्टर अवस्थीको भनाइ छ ।

स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमता भन्दा बढि स्वाब संकलन गरीएको भन्दै एक हप्ताका लागि स्वाब संकलन रोकेको थियो ।

पीसीआर पोजेटिभ देखिएकाहरुको दोस्रो चरणको परीक्षण र क्वारेन्टाइनमा बसेर आरडिटी पोजेटिभ देखिएकाहरुको समेत पीसीआर विधिबाट परीक्षण नहुदा गाउँघरमा कोरोनाको त्रास बढ्दै गएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?