दार्चुला । नेपाली कांग्रेस दार्चुलाले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकार असफल भएकाे जनाएको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले दार्चुला कोरोनाको उच्च जोखिममा रहेको भन्दै राेकथाम तथा नियन्त्रणमा भूमिका खेल्न १४ बुँद्धे मागसहित ज्ञापनपत्र बुझाएको छ।

नेपाली कांग्रेस दार्चुलाका पार्टी सभापति ललितसि‌ंह बाेहराद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपाली कांग्रेसको निरन्तरको सहयोग, सिमित स्रोत र साधनका वावजुत पनि स्वास्थ्यकर्मीहरुको अग्रपंक्तिमा खटाई, सञ्चारमाध्यम, नागरिक समाज र आम जनताको खबरदारी र साथ सहयोगको अनुकुलताको वावजुतपनि सरकारको अकर्मण्यता, असक्षमता र असम्वेदनशिलताका कारण कोरोना बिरुद्धको लडाइमा अनपेक्षित क्षति बेहोर्नुपरेको जनाइएको छ।

प्रमुख प्रतिपक्षको साथ समर्थनका बावजुत पनि सरकार कोरोना भाइरसको महामारी नियन्त्रण गर्न, देश र जनतालाई विपदबाट सुरक्षित राख्न पूर्ण रुपले असफल देखिएको काग्रेशकाे आरोप छ । काग्रेश दार्चुलाले पीसीआर विधिबाट कोरोना परीक्षण बढाउन समेत अनुरोध गरेको नेबि संघ दार्चुलाका प्रवक्ता दिपक खातीले जानकारी दिनुभयाे ।

हेर्नुहाेस प्रधानमन्त्रीलाइ दार्चुलाबाट पठाएकाे ज्ञापनपत्रकाे पूर्णपाठ

श्री सम्माननीय प्रधानमन्त्री ज्यु ,
प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाण्डौ ।
मार्फत ः जिल्ला प्रशासन कार्यालय दार्चुला
कोरोना सम्बन्धी विषेश ज्ञापन पत्र ।
नेपाल लगायत पुरै विश्व अहिले कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित एवं प्रताडित छ । र देशमा झण्डै दुई तिहाईको हाराहारीमा रहेको सरकारलाई सिंगो देश एक ढिक्का रहेर सहयोग गरिरहेका बेला कोरोना विरुद्घको संघर्षका क्रममा सरकार समयै गम्भीरता नराखी भ्रष्टाचारको खेलमा तत्लीन रहेर प्रधान मन्त्री उखान टुक्कामा रमाउदा यो महामारीको जोखिम अप्रत्याशित रुपमा तिब्र गतिमा बढ्दै गइरहेको छ । लक डाउन भएको झण्डै तीन महिना हुन लाग्दा पनि आम नागरिकहरुमा सन्त्रास झन झन बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामग्रीको अपर्याप्ता देखाएर पिसिआर परिक्षण सुस्त गतिमा गरिनु, मानवीय संवेदनशिलताको ख्याल नगरि मापदण्ड विरितका परिक्षण र कोरेन्टाइन नै कोरोना संक्रमण बढाउने कारखाना बन्दै जानु, विपन्न नागरिक र श्रम गरेर जीविकापार्जन गर्ने आम श्रमिकहरु खानाको अभावमा भोकका कारण मृत्यु वरण गरिरहेका र यो अवस्था भयावह हुने यथार्थता प्रति सरकार उदासिन र असंवेदनशिल रहनु , भारत लगायत विश्वका अन्य देशहरुमा अलपत्र परि आफ्नो मातृभूमिमा फर्कन चाहेका नागरिकहरुलाई उचित व्यवस्थापनका साथ सरल तरिकाले स्वदेश फर्कने वातावरण बनाउनुको सट्टा अहिलेको सरकारले हवाई यातायात टिकट बृद्घि गरी झन अप्ठ्यारो पार्नु, दिनानु दिन धरासायी बन्दै गइरहेको कृषि,प्रयटन र उद्योग व्यापार व्यवसायलाई पुर्नउत्थानका लागि राहतका कार्यक्रम नल्याउनु, राजगारी सिर्जनाका लागि खासै योजना नीति तथा कार्यक्रम नल्याउनु, श्रमिक,बेरोजगार, विद्यार्थी,एकल महिला अपाङ्गता भएका व्यक्ति र गर्भवतीहरुका लागि राहत एवं विषेश कार्ययोजना ल्याउन नसक्नु, एस.इ.इ.परिक्षाको तयारी गरी सकेका विद्यार्थीहरु र विद्यालय÷विश्व विद्यालयहरुमा अध्ययनरत लाखौंलाख विद्यार्थीहरुको भविष्य अन्यौलमा पर्दा पनि सरकार अनिर्णयको बन्दी बन्नु, देशको यस्तो विषम परिस्थितिमा पनि सरकार अनियमितता र भ्रष्ट्राचारमा चुर्लुम्म डुब्नुले वर्तमान सरकार असक्षम र गैरजिम्मेवार बन्दै पुर्ण असफल भएको नेपाली कांगे्रस दार्चुला को ठहर छ ।
अतः कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रण गर्न यसका अल्पकालिन र दीर्घकालिन नकारात्मक प्रभाव न्युन गर्न जनताका सरोकार र आवश्यकताका बिषयलाई संबोधन गर्न सरकारले तत्काल निम्न कुराहरुमा तदारुपता देखाई कार्यान्वयन गर्न नेपाली कांगे्रस दार्चुला यसै ज्ञापन पत्र मार्फत नेपाल सरकारलाई हार्दिक अपिल गर्दछ । जय नेपाल ।।

१. देशभर कोरोना परिक्षण नभई कोरेन्टाइनमै नेपालीहरुको मृत्यु भइरहेको छ ।जनताको जीउधनको सुरक्षा गर्न गठित सरकार सत्ताको मातमा कहिले आफ्ननै दलको किचलो त कहिले भ्रष्टाचारमा डुबेको छ । तसर्थ सरकारले अवैज्ञानिक आरडिटी परिक्षण बन्द गरि जनता को जीउधनको रक्षा गर्न तत्काल अन्य लफडामा नलागी समुदाय स्तरमा व्यापक पिसिआर परिक्षण घुम्ती शिविर मार्फत संचालन गर्न नेपाल सरकारलाई हार्दिक अपिल गर्दछौ ।

२. स्वास्थ्य सामाग्रीहरु खरिद गर्दा भइरहेको व्यापक भ्रष्टाचार प्रति नेपाली कांग्रेसले गम्भीरता पुर्वक लिएको छ । अतः यस्ता खाले सबै भ्रष्टाचार बन्द गरि औषधी र औषधीजन्य सामग्री सबै स्थानीय तहमा उपलब्ध गराउन माग गर्दछौ ।

३. राहत कार्यक्रम अधुरो र अपारदर्शी भयो पुग्नुपर्नेमा अझै पुगेको छैन तसर्थ श्रमिक,विद्यार्थी,बेरोजगार,सानाठूला व्यापार व्यवसाायी विदेशमा अलपत्र परि स्वदेश फर्केकाहरुका लागि समेत तत्काल अर्को प्याकेज ल्याएर पारदर्शी बनाउन माग गर्दर्छौ ।

४. नियमित उपचारको प्रयोगमा रहेका अस्पतालहरुमा कोरोना परिक्षण र उपचार गर्नेकार्य अत्यधिक जोखिम बन्दै गएकाले बैकल्पिक बन्दोबस्त मिलाउन माग गर्दछौ ।

५. विदेशमा रहेका नेपालीहरुले देशलाई रेमिटेन्स पठाएर योगदान गरे आज उनीहरु अप्ठ्रोमा परेका छन । सरकार सामान्य अवस्थामा भन्दा तीन गुण बढी महङ्गो हवाई यातायात टिकट वसूल गरेर झन अप्ठ्यारो पार्दैछ ।तत्काल उनीहरुलाई उचित बन्दोबस्तका साथ सुपथ टिकट शुल्कमा स्वदेश फर्कने व्यवस्था गर्न माग गर्दछौ ।

६.कोरोनाका कारण भएको लक डाउनले अन्य विरामीहरु खास गरि दीर्घ रोगी,गर्भवती,र बृद्घहरु छटपटाइ रहेका छन । उनीहरुको उचित स्वास्थ्य उपचारको व्यवस्था गर्र्न जोडदार माग गर्दछौ ।

७. सामाजिक दुरी कायम गर्ने व्यवस्था सहित स्थानीय तह मार्फत जनताका न्युनतम आवश्यकता परिपुर्ति गर्न खाद्यका लागि कामको सुनिश्चितता कायम गर्न माग गर्दछौ ।

८. कोभिड १९ को व्यवस्थापनमा सरकारले १० अर्ब खर्च देखाएको र सरकारी निकायहरुबाट अलग अलग तथ्याङ्क आएको छ । यसमा व्यापक भ्रष्टाचार भएको सार्वजनीक भइरहेको अवस्थामा यसको स्वतन्त्र र निश्पक्ष छानविन गरी भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न माग गर्दछौ।

९.जिल्ला जिल्लामा छिनछिन गरिने क्रमचारी सरुवाले कोभिड १९ व्यवस्थापनमा झन संकट थपिएकाले सत्तासिन दलको सिमित स्वार्थ पुर्तिका लागि गरिने यस्ता किसिमका निर्णय तत्काल बन्द गर्न माग गर्दछौ ।

१०.स्थानीय तहमा गरिने कोभिड १९ सम्बन्धी स्वास्थ्य क्षेत्रमाहुने आर्थिक समाजिक सहयोग र राहतको अनुगमन गर्न नागरिक समाजको समेत प्रतिनिधित्व हुने गरि सर्वदलिय संयन्त्रको व्यवस्था गर ।

११.स्वास्थ्यक्रमी सुरक्षाक्रमी,पत्रकारका साथै स्थानीय तहमा अग्रपंत्तीमा रहेकाहरुका लागि स्वास्थ्य सुरक्षाको बन्दोबस्त गरी उच्च मनोबलका साथ काम गर्ने व्यवस्था गर ।

१२.सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहको सिफारिस विनै कुनै जानकारी नदिई आफ्ना कार्यकर्ताहरुलाई सोझै तोक आदेशको भरमा विकास योजनाहरु संचालन गरिरहेकोले तत्काल यस्ता असंवैधानिक संघियता विरोधी क्रियाकलाप रोकी विकास निर्माणका योजना कार्यान्वयन गर्न स्थानीय तहलाई जिम्मा दिन अपिल गर्दछौ ।

१३.कालापानी लिपुलेक क्षेत्रका नागरिकहरुलाई आधारभुत आवस्यकता परिपुर्ति गर्न तत्काल खाद्यान्नका साथै सो क्षेत्र मा आवत जातव गर्न सडकको व्यवस्था गर्न नेपाल सरकारलाई जोडदार माग गर्दछौ ।

१४. कोभिड १९ का कारण लामो समय बन्द रहेको शिक्षा क्षेत्र संचालनका लागि बैकल्पिक व्यवस्था गर्न सरकार संग माग गर्दछौ ।

(ललित सिंह बोहरा)
सभापति

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?