बैतडी । पुर्चौडी नगरपालिकाको नगर शिक्षा समिति, कार्यपालिका स्तरिय बैठक तथा कार्यदलको लामो अभ्यासपछि विद्यालय समायोजन तथा एकिकरण तालिका तयार भएको छ । पुर्चौडी नगरपालिका भित्रका १३ वटा आधारभुत विद्यालयहरुको समायोजन र ५ वटा विद्यालयको तह समायोजन गरिएको शिक्षा शाखा संयोजक दिनेश नगारीले जानकारी दिनुभयो ।
पुर्चौडी नगरपालिका वडा नम्बर १ मा रहेको शिक्षोदय आधारभुत विद्यालय विशालनगरलाई निमुन माबि खिमापुरमा समायोजन गरिएको छ । लटिनाथ आधारभुत विद्यालय कोपिखेत डिलेश्वरी माबि हाटमा समायोजन भएको छ । कलम आधारभुत विद्यालय गश्र्या कैलपाल आधारभुत विद्यालय कुडीचौरमा समायोजन भएको छ ।
वडा नम्बर २ को ज्ञानबाटीका आधारभुत विद्यालय खर्क दडमेता आधारभुत विद्यालय सिमचानीमा समायोजन भएको छ । वडा नम्बर ४ को मनकामना आधारभुत विद्यालय चनकेल्ली पहरौल माबि बागामा र सुर्यज्वोती आधारभुत विद्यालय क्रषिगाउँ पहरौला माबि बागामा समायोजन गरिएको छ । वडा नम्बर ५ को सन्तोष आधारभुत विद्यालय खोलिगाउँ भूमिराज माबि दहतालमा र मनकामना आधारभुत विद्यालय धरमपुर अम्मरज्वोती आधारभुत विद्यालय ढुगंमा समायोजन भएको छ ।
वडा नम्बर ७ को गोफा आधारभुत विद्यालय सदगाड दशरथ आधारभुत विद्यालय ऐरिगाउँमा, जयनिरपाल आधारभुत विद्यालय मनबस्थी गलिनाथ माबि बडगाउँमा र सुर्योदय आधारभुत विद्यालय ऐराडी जनचेतना आधारभुत विद्यालय कोटीलामा समायोजन भएको छ। वडा नम्बर ८ को शमैजी आधारभुत विद्यालय गुमल्तडी नेरामाबि पिपलकोटमा र वडा नम्बर १० को केदार आधारभुत विद्यालय पराली सत्यवादी माबि विजयपुरमा समायोजन गरिएको छ ।
५ वटा विद्यालयको तह समायोजन गरिएको छ । वडा नम्बर १ मा रहेको लटिनाथ आधारभुत विद्यालय ऐरिगाउँको दशरथ माबि ऐरिगाउँमा र जनता आधारभुत विद्यालय पिलाडीको रत्न आधारभुत विद्यालय रतनपुरमा तह समायोजन गरिएको छ ।
वडा नम्बर २ को गलिनाथ आधारभुत विद्यालय बबिडाको डिलाशैनी आधारभुत विद्यालय मल्लादेहिमा, वडा नम्बर ४ को जनज्वोती आधारभुत विद्यालय खानडाडाको गौरीकन्या आधारभुत विद्यालयमा र वडा नम्बर ७ को भुवनेश्वरी आधारभुत विद्यालय भवनेको डिलेश्वरी माबि हाटमा तह समायोजन गरिएको शिक्षा शाखा संयोजक नगारीले बताउनुभयो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।