दार्चुला । लकडाउनका कारण विद्यालय बन्द भएपनि दार्चुला जिल्लाका अधिकांस विद्यालयले सामाजिक दुरी कायम गरेर विद्यार्थीलाइ पाठ्यपुस्तक वितरण गरिरहेका छन् ।

शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर माध्यमिक विधालयले बुधबार (भोलि) देखि विद्यार्थीहरूलाइ पाठ्यपुस्तक वितरण गर्ने भएको छ।

विश्वभर महाव्याधीका रूपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त बनिरहेको समयमा विद्यार्थीहरूको पठनपाठनलाई ध्यानमा राखी पाठ्यपुस्तक वितरण गरिन लागिएको विद्यालयका निमित्त प्रधानाध्यापक गणेशराज बिष्टले जानकारी दिनुभयो।

विद्यालयले एक सुचना जारी गर्दै असार ३ गतेदेखी ५ गतेसम्म पुस्तक वितरण गरिने जनाएको छ।

साथै विद्यालयलाई शैल्यशिखर नगरपालिकाले क्वारेन्टाइन बनाएका कारण गोकुलेश्वरमा रहेको चमेलिया बहुमुखी प्राविधिक शिक्षालय (भेटनरी स्कुल) बाट पाठ्यपुस्तक वितरण हुने प्रधानाध्यापक बिष्टले जानकारी दिनुभयो।

विद्यालयले सामाजिक दुरि कायम गर्दै बुधबार (भोलि) कक्षा १ देखि ५ सम्म, बिहिवार कक्षा ६ देखि ८ सम्म, शुक्रबार कक्षा ९ र १० को पाठ्यपुस्तक वितरण गर्ने जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?