दार्चुला । देशभर मनसुन पूर्णरुपमा सक्रिय हुन अझै एक-दुई दिन लाग्ने भएको छ । गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले सुदूरपश्चिमतर्फ सर्ने क्रममा रहेको छ ।

देशभर मौसम सामान्य बदलीको अवस्थामा छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।अहिले मध्य र पूर्वमा मौसम बदली भएको छ ।

त्यस्तै ५ नम्बर प्रदेश, कर्णाली र सुदूरपश्चिममा सामान्य बदलीको अवस्था छ । आज दिउँसोपख प्रदेश नम्बर १, २, बाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य क्षेत्रमा मनसुनी वायु तथा पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

यस्तै आज राति सुदूरपश्चिम, कर्णाली र प्रदेश प्रदेश नम्बर ५ का केही ठाउँमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा पूर्ण बदली हुनेछ ।मनसुनी प्रणाली सक्रिय भएसँगै पश्चिमी वायुको प्रभाव कम हुँदै जानेछ ।

यसपाला मनसुनी गतिविधि निकै सक्रिय रहेकाले बाढी पहिरोको जोखिम उच्च रहेको महाशाखाका मौसमविद् अर्यालले बताउनुभयो । यसपाला प्रि-मनसुन पनि सक्रिय रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?