कविता : जब रुन्छ कालापानी, लिपुलेक, लिम्पियाधुरा

मेचिएका छन् हाम्रा उत्तरिपश्चिम भेग
हाम्रै त हो कालापानी हामै हो लिपुलेक।
यो मुटुभरि आमा रोपिन्छन् धारिला छुरा
जब रुन्छ कालापानि, लिपुलेक, लिम्पियाधुरा।।

जन्माउ आमा छोरा फेरी बिरबलभद्र जस्ता
फर्काउन लाई लुटिएको दशगजा अनि सुस्ता।
बुद्ध जन्मेका लुम्बिनी सिता जन्मईन जनकपुर
हाम्रो नै बनबासा क्षेत्र हाम्रो नै हो टनकपुर।।

चन्द्रसुर्य को यो ध्वजा फरफराउनु छ हिमाल माथि
विस्तारबादीलाई आँखा गाड्न दिन्नौ नेपाल माथि।
लिम्पियाधुरा को काख बाट बग्छ है मेरो महाकाली
एकमुठी सास रहे नि माटोकै लागि लड्छ बिरगोर्खाली ।।

कालापानीको छातिमा बजाउछन विदेशिले बुट
राष्टि्यता बचाउन सब नेपालि बनौ है एक जुट।
बाटो पुगाईदेउ सरकार पुग्नलाई छाङरु तिङकर
बाटो पुगे सिमानामा जान चाहिदैन कसैको भर।।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?