दार्चुला । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी शैलेन्द्र खनाल र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी उत्तम सुवेदीले नेपाल भारत सीमा क्षेत्र व्याँस गाउँपालिका वडा नम्बर १ को निरीक्षण भ्रमण गर्नुभएको छ ।

बुधबार बिहान हेलिकोप्टरमार्फत दार्चुला आइपुगेका उहाँहरुले भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक नजिकै छाङरुमा स्थापना भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी), नेपाली सेनाको अस्थाई वेस क्याम्प र दार्चुला—तिकंर सडकको निरीक्षण गर्नुभएको सशस्त्र प्रहरी दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो ।

गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो ।

उहाँहरुले बुधबार दिउँसो दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाको भवन समेत उद्घाटन गर्नुभएको डिएसपी बिष्टले बताउनुभयो । आइजीपी खनाल र प्रधानसेनापति थापा दार्चुला आएको अवसरमा गत वर्ष निर्माण सम्पन्न भएको सशस्त्र प्रहरीको भवन उद्घाटन गरिएको हो ।

सीमा क्षेत्रमा सुरक्षा अधिकारीहरुले गरेको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उहाँहरु भ्रमणपछि सुदूरपश्चिम प्रमुखसँग छलफल गर्ने, आज धनगढीमै बस्ने र भोलि मात्रै काठमाडौं फर्किने तयारी रहेको जनाइएको छ ।

सीमावासीलाइ सुरक्षा अनुभुती दिलाउछाैँ

सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाको भवनको उद्घाटन गर्नुभएकाे छ ।

व्यास गाउँपालिका १ छांगरुमा गत वैशाख ३१ गते स्थापना भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपीको निरीक्षण गर्न दार्चुला पुगेका आइजीपी खनालले सोही अवसरमा दार्चुलामा निर्माण भएको भवनको उद्घाटन गर्नुभएकाे हाे ।

व्यास गाउँपालिका १ छांगरु गागामा रहेको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गरेर फर्किएपछि खलंगामा भवनको उद्घाटन गरेका हुन्। भवनको उद्घघाट गर्दै खनालले सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी जिल्लामा क्रियाशिल रहेको बताउनुभयाे। सीमित स्रोत साधनका बीचमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका उहाँकाे भनाइ छ ।

खनालले अहिले देशभरी सशस्त्रको बोर्डर आउट स्थापना भइरहेको र जिल्लामा पनि सशस्त्र प्रहरीको थप पोष्ट स्थापना छिट्टै हुने बताउनुभयाे । दार्चुला सदरमुकाम खलंगामा रहेको गुल्मलाई गण बनाइने छ भने व्यासको छांगरुमा सशस्त्रको गुल्म स्थापना हुने छ। यस्तै लेकमको लाली, मालिकार्जुनको जोलजीवि र व्यासको दुम्लीङमा बोर्डर आउट पोष्ट राख्ने सशस्त्रको तयारी छ।

सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएका १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमा निगरानी गरिरहेको खनालले बताउनुभयाे । “सीमामा बस्ने नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी सशस्त्र प्रहरी खटिरहेको छ,” उहाँले भन्नुभयाे, “सीमामा बस्ने नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने विश्वास दिलाउँछौ।” अहिले पनि सीमामा बस्ने नागरिक सन्तुष्ट रहेको भन्दै थप स्रोत साधनले भ्याएसम्म सशस्त्र प्रहरी परिचालन गरिने जानकारी दिनुभयाे ।
सरकारले व्यासमा सशस्त्र प्रहरीको गुल्म स्थापनाको लागि भवन निर्माण गर्न ११ करोड बजेट विनियोजन गरेर टेण्डर अाह्वान भइसकेकाे छ ।

तस्बिर साैजन्य : शन्ताेष काेट्टारी

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?