
दार्चुला । सुदूरपश्चिम प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।
आज कैलालीका २० जना, अछामका २ जना, डोटीका ५ जना, कञ्चनपुरका २ र बझाङका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएकाे छ ।
यो सँगै सुदूरपश्चिममा काेराेना सङ्क्रमितको सङ्ख्या तीन सय ७८ पुगेको छ ।
अहिलेसम्म सुदूरपश्चिममा काेराेना पुष्टि भएका दुई जनाको मृत्यु भएकाे छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।