दार्चुला। दार्चुला सहित सुदूरपश्चिमका अधिकासं पहाडी जिल्लामा रोपाई सुरु भएको छ । मनसुन सुरु भएसँगै लगातार पानी पर्न थालेपछि किसान विउँ उखेल्ने काम र रोपाईमा व्यस्त हुन थालेका छन् ।
दार्चुलाको शैल्यशिखर, महाकाली नरपालिका र लेकम, मालिकार्जुन लगायत गाउँपालिकाका सिचाई सुविधा भएका खेतहरुमा धमाधम रोपाई लगाउने काम भइरहेको रेडियाे लाेकदर्पणका सम्बाददाता हरिप्रसाद जोशीले बताउनुभयो । केहि दिनदेखि नियमित पानी पर्न थालेपछि रोपाईको काम भैरहेको छ ।
सिचाई सुविधा भएका ठाउमा रोपाई शुरु भएपनि आकासे पानीको भरमा खेती गर्दै आएका किसानले प्रयाप्त वर्षा नभएकोले रोपाई गर्न नसकिएको बताएका छन् । अधिकासं पहाडी क्षेत्रमा प्रशस्त वर्षा भएर स्थानीय खोलाहरुमा पानीका मुल फुटेपछि मात्रै रोपाई गर्ने गरेका छन् । वर्षभरी सिचाई सुविधा भएको जमिन थोरै भएकोले आफुहरु वर्षेनी आकासे पानीको भरमा खेती गर्दै आएको किसानहरुले बताएका छन् ।
लकडाउनको कारण धेरैजना मानिस गाउँघरमै भएकाले यसपाली रोपाई लगायत खेतीको काम गर्न सजिलो भएको छ । विगतमा रोपाई लगाउदा गाउँने लोक भाकाहरु भने विस्तारै लोप हुदै गएकोले धान रोप्दा पहिलेको जस्तो रमाइलो नहुने गरेको किसानहरु बताउछन् ।
सुदूरपहाडमा अधिकासं पुरुषले गोरु जोत्ने र महिलाले बिउँ रोप्ने चलन रहेको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।