दार्चुला । सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको हाे ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसी आरडीटी रिपोट पोजेटिभ देखिएका २५ जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ । दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।

नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन्। यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ। नयाँ थपिएका संक्रमितहरु क्वारेन्टाइनमै रहेका जानकारी आएको र उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेका छन्। योसंगै अछाम जिल्लामा संक्रमितको सङख्या ५१ जना पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म काेराेना संक्रमितकाे संख्या ५ सय नाघेकाे छ । चार जनाकाे मृत्यु भएकाे छ भने एक सय भन्दा धेरै उपचारपछि निकाे भएर घर फर्किएका छन् ।

डडेल्धुरा जिल्लामा थप ८३ जनामा कोरोना पुष्टि भएको छ । याेसँगै जिल्लामा काेराेना संक्रमतिको संख्या एक सय २२ पुगेको छ।

सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला र स्वाबको चाप बढ्दै गएपछि दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाईएको थियो।

दार्चुलाका १२ जनामा संक्रमण पुष्टी भएकाेमा क्वारेन्टाइनमा बसेकाे १४ दिनसम्म काेराेनाकाे कुनै लक्षण देखा नपरेकाे भन्दै १० दिन हाेम क्वारेन्टाइनमा बस्न सुझाब सहित घर पठाइएकाे छ । हालसम्म अारडिटी पाेजेटिभ देखिएका ९० जना सहित संक्रमितकाे सम्पर्कमा रहेका ८ वटा स्थानीय तहका २२८ जनाकाे पीसीअार परीक्षण गर्नका लागि थ्राेट स्वाबकाे नमुना संकलन गरि धनगढी पठाइएकाे स्वास्थ्य कार्यालय दार्चुलाले जनाएकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?