बैतडी । सर्पले डस्दा बैतडीकाे मेलौली नगरपालिका-२ कर्पतका गोरख बहादुर चन्दका डेढ वर्षीय छोरा बिशाल चन्दकाे मृत्यु भएकाे छ ।
बिशाललाई गएराती घरभित्रै सुतिरहेका अवस्थामा ओछ्यानमै सर्पले डसेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक धनदेव साँउदले जानकारी दिनुभयो ।
बालकको दाँयाहातमा डसेको र उपचारको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लैजादैं गर्दा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयाे ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।