संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

दार्चुला । राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ। यसअघि याे विधेयक प्रतिनिधिसभाबाट समेत सर्वसम्मत पारित भइसकेकाे छ ।

बिहीबार भएको मतदानमा सभामा तत्काल कायम रहेको ५८ जनामध्ये ५७ जनाले मतदान गरेका थिए।बिहीबार ५७ जना सदस्य उपस्थित भएकोमा उनीहरू सबैले संशोधनका पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयाे।

राष्ट्रिय सभा ५९ सदस्यीय छ। तीमध्ये एक सिट अहिले रिक्त छ भने अध्यक्षले मतदान गर्दैनन्।आजको बैठकमा विधेयक माथि छलफलपछि कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे।

राष्ट्रिय सभाले विधेयक पारित भएको सूचना अब प्रतिनिधिसभालाई दिनेछ। प्रतिनिधि सभाले विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत गर्नेछ। राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै नेपालको संविधानमा नयाँ निशान छाप समेटिनेछ।

सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?