घास काट्न गएकी महिलाको सुन लुट्ने पक्राउ 

बैतडी । प्रहरीले सुन लुटपाट गर्ने र लुटेको सुन खरिद गर्ने २ जनालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बझाङ बित्थड चिर गाउँपालिका–७ सुवाकोटका बिर्ख लुहार र सिगास गाउँपालिका प्रकाशसिहं बोहरा छन् ।

पक्राउ पर्नेहरुमध्ये लुहार सुनको गरगहना लुटपाट गर्ने तथा बोहराले लुटेको गहना किनेको खुलेको छ । लुहारले आइतबार बैतडीकी एक महिला एकै घास काट्न गएको मौका छोपी उनले लगाएको सुनको गहाना लुटेका थिए ।

उनीहरुलाइ प्रहरीले बुधबार सिगास गाउँपालिकाबाट पक्राउ गरहेको हो । उनीहरु दुबै जना विरुद्ध इलाका प्रहरी कार्यालय पाटन बैतडीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?