दार्चुला । सुदूरपश्चिममा आज दुई सय १४ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३ र कर्णालीमा भएको परीक्षणमा एक जना गरी थप दुई सय १४जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लामा थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना पुष्टि भएको हाे ।

यस्तै कर्णालीको एक प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको छ। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच सय ९३ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ४६ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा एक सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६६, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन्।

सुदूरपश्चिममा काेराेनाबाट अहिलेसम्म ४ जनाकाे मृत्यु भएकाे छ । दार्चुलामा भेटिएका १२ जना संक्रमितलाइ १४ दिन क्वारेन्टाइनमा राखेर घर फर्काइएकाे छ ।

यसैबिच नेपालमा बिहीबार थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका हुन् । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल ‌संक्रमितको संख्या ७८४८ पुगेकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?