दार्चुला । भारतबाट घर फर्किएका दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ का एक पुरुषको मृत्यु भएको छ। भारतकाे बङ्गलोरबाट गौरीफन्टा-त्रिनगर नाका भएर जेठ २९ गते मार्माको लटिनाथ पुगेका २१ वर्षीय पुरुषको बिहीबार बेलुकी मृत्यु भएको मार्मा स्वास्थ्य संयोजक चक्रसिह धामीले जानकारी दिनुभयाे ।

मानसिक रुपमा अस्वस्थ्य रहेका पुरुषलाइ एक दिनमात्रै लटिनाथ माविको व्वारेन्टाइनमा राखिएको थियो। युवकमा ज्वरो बढ्दै गएको र बिहिबार बेलुकी मृत्यु भएकाे  पारिवारिक श्राेतले जनाएकाे छ ।

धनगढी र लटिनाथमा गरिएको आरडिटी रिपोर्ट नेगेटिभ रहेकाे थियो। मृतककोे बिहीबार राती नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाइएको स्वास्थ्य शाखा संयोजक धामीले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?