दार्चुला । सुदूरपश्चिममा आज एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँच गरी आज आज एक सय ६८ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, कैलालीका १३ महिला र ३३ पुरुष गरी ४६ जना, डोटीका तीन महिला र १२ पुरुष गरी १५ जना, डडेल्धुराका ९ पुरुष, बाजुराका ८ पुरुष, अछामका एक महिला र ६ पुरुष गरी सात जना, बझाङका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा बैतडीका एक महिला र चार पुरुष गरी थप पाँच जनामा संक्रमण पुष्टि भएको छ। यस्तै धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएकाे छ ।  कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको हाे ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या सात सय ८५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय दुई, डडेल्धुरामा एक सय ३२, बैतडीमा एक सय २०, कञ्चनपुरमा ९६, अछामका ७४, बाजुराका ७०, डोटीका ६१, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ११ जना निको भएर घर फर्किसकेका छन्।

दार्चुलाका १२ जना संक्रमित मध्ये १४ दिन क्वारेन्टाइनमा बसेर सबै घर फर्किसकेका छन् ।

यसैबिच नेपालमा थप ४२६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८२७४ पुगेको छ । थप ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

शुक्रबार थप २१६ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ४०२ निकाे भएका छन् ।रेड जाेनमा रहनेकाे संख्या ५०३ जना पुगेकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?