दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका—२ का वडाअध्यक्ष एबं गाउँपालिका प्रवक्ता गोविन्द डडालले गाउँपालिकाका रोजगार संयोजक करनसिंह बडालमाथि हातपात गर्नुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका विषयमा भएको विवादलाई लिएर गाउँपालिकाका प्रवक्ता डडालले प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमको कार्यकक्षमै आफुमाथि हातपात गरेको रोजगार संयोजक बडालले बताउनुभयो । कसैको दबावमा भन्दा नीति, नियममा आधारित रहेर आफुले काम गर्ने बताएपछि वडाध्यक्ष डडालले आफुमाथि हातपात गरेको उहाँको भनाइ छ । हातपात मात्र नभई वडाअध्यक्ष डडालले साबल प्रहार गरी आफ्नो ज्यान मार्न खोजेको उहाँको आरोप छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वडातहबाट आएका फारामहरुमध्ये मापदण्ड पुगेकाहरुलाई छनौट गरी प्राथमिकीकरण गरेको विषयलाई वडाध्यक्षको चित्त नबुझेर आफुलाई हातपात गरेको उहाँको आरोप छ । जनप्रतिनिधिले हातपात गरेको र ज्यान मार्न खोजेको सिसिटीभी फुटेज हेर्दा प्रष्ट हुने उहाँले बताउनुभयो ।

राष्ट्रसेवक कर्मचारीमाथि कार्यालयमै हातपात किन गर्नुभएको भनेर वडाध्यक्ष गोविन्द सिंह डडाललाई सोध्ने प्रयास गर्दा ९७४९५०७६९७ नम्बरकाे फोन स्वीच अफ गरिएकोले सम्पर्क गर्न सकिएन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?