मनकारी महेश : गरिब, असहाय विद्यार्थीलाई गरे १ लाख २० हजार सहयोग

रिठाचौपाता । लेकम गाउँपालिका—४ टकना थामु घर भएका वीर बहादुर/जानकी पाल का नाती, अम्मरबहादुर/हरिना पालका छोरा महेश पालले गरिब, असहाय, टुहुरा र फरक क्षमता भएका बालबालिकाहरुलाई आर्थिक सहयोग गर्नुभएको छ ।

अमेरिकाको क्यालिफोर्निया बस्नुहुने पालले लेकम गाउँपालिका वडा नम्बर ४ र ५ का आर्थिक अवस्था कमजोर भएका १२ जना बालबालिकालाई १० हजारका दरले १ लाख २० हजार रुपैया आर्थिक सहयोग गरेको लटिनाथ नमुना माबि चन्दनपुर चौपाताका प्राधानाध्यापक केशवराज विष्टले जानकारी दिनुभयो ।

प्रधानाद्यापक बिष्टका अनुसार सहयोग पाउनुहुनेमा लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीका अम्बादत्त जोशी, अम्कुरका विरभान सिह बोहरा, पिडका रोशन बोहरा, गोगुनाका रैभान विष्ट, कठेकुडाका मनरा धामी, पुनाकोटका लक्ष्मी बोहरा, पिडका गिता बोहरा, गोगनाका गौरा धामी, रिठाका हरुली बोहरा, सुत्तलाका धनी गिरी, वडा नम्बर ४ टकनाका लोकेन्द्र पाल र तेलिपौराका मोहन गिरी रहेका छन् ।

आर्थिक सहयोग गर्नुहुने महेश पालका हजुर बुवा र हजुर आमाले उक्त रकम विद्यार्थीका अभिभावकहरुलाई हस्तान्तरण गर्नुभएको छ । गरिब, असहाय, टुहुरा र फरक क्षमता भएका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेकोमा महेश पाललाई विद्यालय परिवार र अभिभावकहरुले धन्यबाद व्यक्त गरेका छन् ।

 

अमेरिकाको क्यालिफोर्निया बस्नुहुने
महेश पालले लेकम गाउँपालिका वडा नम्बर ४ र ५ का आर्थिक अवस्था कमजोर भएका १२ जना बालबालिकालाई १० हजारका दरले १ लाख २० हजार रुपैया आर्थिक सहयोग गरेको जानकारी लटिनाथ नमुना माबि चन्दनपुर चौपाताका प्राधानाध्यापक केशवराज विष्टले फेसबुकमा राखेकाे तस्बिर ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?