दार्चुला । दार्चुलामा हालसम्म ३ हजार ४ सय ९० जनाको आरडिटी परीक्षण गरिएकोमा ९७ जनाको रिर्पोट पोजेटिभ आएको छ । शुक्रबार लेकम गाउँपालिका वडा नम्बर ४ मा एक जनाको आरडिटी पोजेटिभ देखिएपछि आरडिटी पोजेटिभ देखिनेको संख्या ९७ पुगेको हो ।

गत साता झण्डै साढे १६ सय मानिस क्वारेन्टाइनमा बसेकोमा शनिबारसम्म ८५१ जना मात्रै क्वारेन्टाइमा रहेका छन् । बाकी सबैलाई १४ दिन पुरा भएपछि होम क्वारेन्टाइनमा बस्न सुझाब दिएर घर पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा हालसम्म १२ जना कोरोना संक्रमित भेटिएकोमा सबैलाई डिस्चार्ज गरिएको छ । पछिल्लो हप्ता दार्चुलाका कसैको पनि पीसीआर विधिबाट परीक्षण भएको छैन् । मंगलबार दार्चुलाका दुहुँ बाहेक ८ वटा स्थानीय तहमा २२८ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइएको भएपनि हालसम्म परीक्षण भएको छैन् ।

आरडिटी पोजेटिभ देखिएका र कोरोना संक्रमितको प्रतक्ष्य संम्पर्कमा रहेका दुई सय २८ मानिसहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि थ्रोट स्वाबको नमुना संकलन गरी धनगढी पठाइएको र भोली, पर्शी सम्म रिर्पोट आउने स्वास्थ्य कार्यालयले जनाएको छ । विहिबार देखि नै परीक्षण गर्ने भनिएपनि शनिबारसम्म परीक्षणको काम शुरु भएको छैन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?