दार्चुला । सुदूरपश्चिमका केहि ठाउ बाहेक देशका धेरैजसो ठाउँमा हल्का पानी परिरहेको छ । गण्डकी, प्रदेश ५ र कर्णालीका थोरै ठाउँमा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको प्रभावले केही दिनदेखि सुदूरपश्चिमका थोरै ठाउँबाहेक देशभर हल्का, मध्यम र भारी वर्षा भैरहेको छ । अब १/२ दिन तुलनात्मक रुपमा कम पानी पर्ने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ ।आज राति सुदूर पश्चिमप्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

भारी वर्षा भएका र हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई सेवा प्रभावित हुनसक्ने सम्भावना रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?