दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ घर भइ काठमान्डौँ नयाँबानेश्वर बस्दै आउनुभएका लक्ष्मी बडूले आमाको स्मृति दिवसमा बृद्धाश्रममा जेष्ठ नागरिकहरुलाई खाजा खुवाउनुका साथै सान्त्वना प्रदान गर्नुभएको छ ।

आमा उमादेबी बडूको वार्षिक पुण्य तिथिको अवसरमा काठमान्डौँको हिमालय बृद्धाश्रम गोगन्बु पुगेर जेष्ठ आमाबुबाहरुलाई दिउँसोको खाजा वितरण गरेको बडूले बताउनुभयो ।

बन्दाबन्दीका कारण महाकाली नगरपालिकाको मोहती आउन नपाएकोले आमाको वार्षिक पुण्य तिथिमा कान्छी छोरी लक्ष्मी बडूले खाजापान कार्यक्रमको आयोजना गरेका बृद्धाश्रम सञ्चालक संस्थाका अध्यक्ष सरला पन्थीले जानकारी दिनुभयो । लकडाउनको बेलामा पुण्य काम गरेको भन्दैै बृद्धाश्रमले बडूको प्रशंसा गर्दै धन्यबाद दिएको छ ।

२०६१ सालदेखि सञ्चालित उक्त बृद्धाश्रममा ४३ जना बृद्धबृद्धाहरु बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?