दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचस्थित चमेलिया जलविद्युत आयोजनाको सुरक्षामा शुक्रबारदेखि नेपाली सेना खटिएको छ । दुर्गादल गुल्म दार्चुलाका अनुसार ४० जना सेनाको टोली चमेलियाको सुरक्षार्थ खटिएको छ ।

२०७४ सालदेखि सशस्त्र प्रहरीले चमेलिया जलविद्युत आयोजनाको सुरक्षा गर्दै आएको थियो । सरकारले सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाउने निर्णय गरे पछि बलाँचमा रहेको जलविद्युतको सुरक्षाको लागि नेपाली सेना खटिएको हो ।

दार्चुलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट थपिने भएपछि त्यहाँ कार्यरत सशस्त्र प्रहरीलाई बीओपीमा समायोजन गर्न लागिएको छ । सरकारले लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जौलजीवि, व्याँसको दुम्लीङमा बोर्डर आउट पोष्ट राख्ने तयारी गरेको छ ।

यसअघि कोरोनाको कारण प्रहरीको जनशक्ति कम भएपछि दार्चुला कारागार सुरक्षाको जिम्मा समेत असार १ गतेदेखि नेपाली सेनालाई दिइएको छ । प्रहरी क्वारेन्टाइन व्यवस्थापन र सुरक्षाको काममा केन्द्रित भएकोले कारागारको सुरक्षामा नेपाली सेनालाई खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्गादल गुल्मबाट कारागार सुरक्षामा सेना खटिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?