दार्चुला । सुदूरपश्चिममा शनिवार थप ९४ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा‍.जागेश्वर गौतमले जानकारी दिनुभयाे । शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८ सय ७९ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय पाँच, डडेल्धुरामा एक सय ४४, बैतडीमा एक सय ३८, डोटीमा एक सय २२, कञ्चनपुरमा ९६, अछामका ७४, बाजुराका ७०, बझाङमा १९ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन्।

यसैबिच नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५  पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

थप १७८ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ५८८ निकाे भएका छन् ।

रेड जाेनमा रहनेकाे संख्या ५०६ जना पुगेकाे छ । आज तीन जना रेड जाेनमा परेका छन् । पछिल्लो २४ घण्टामा सात हजार ४१६ नमूनाको पीसीआर टेस्टमा काेराेना पुष्टि भएको हाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?