दार्चुला । भारत र चीनबीचको सीमा विवादलाई लिएर नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ ।परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकाल्दै दुई देशबीचको विवाद शान्तिपूर्ण तरिकाबाट समाधान हुनुपर्ने बताएको हो ।

नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको लागि अडिग भएर उपस्थित भएको विज्ञप्तिमा भनिएको छ । साथै परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान हुने विश्वास व्यक्त गरेको छ ।

‘गलवान उपत्यकाको पछिल्लो घटनाक्रमको सन्दर्भमा छिमेकी देश भारत र चीनले राम्रो छिमेकीको भावनाले, आपसी शान्तिपूर्ण द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थिरताको पक्षमा समस्याको समाधान गर्नेमा हामी ढुक्क छौँ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?