सुदूरपश्चिममा आज १६३ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ९ सय ४८ पुग्याे

दार्चुला । सुदूरपश्चिममा शनिवार एक सय ६३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२, धनगढी प्रयोगशालामा ६९ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयाे ।

यस्तै शिक्ष अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको उहाँले बताउनुभयाे। यस्तै धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालमा आज ६९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयाे।

उहाँका अनुुसार डडेल्धुराका २७, कैलालीमा २४, डोटीका ११, अछाम, बैतडी र बझाङमा दुई÷दुई र कञ्चनपुरमा एक जनामा कोरोना पुष्टि भएको हो। संक्रमित मध्ये ५८ पुरुष र महिला ११ रहेका छन्।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या नौँ सय ४८ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय २९, डडेल्धुरामा एक सय ७१, बैतडीमा एक सय ४०, डोटीमा एक सय ३३, कञ्चनपुरमा ९७, अछामका ७६, बाजुराका ७०, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?