दार्चुला । मालिकार्जुन गाउँपालिकाले सवारी साधन खरीदका लागि छुट्याएको ७० लाख मध्ये ३० लाखमा दुई ओटा एम्बुलेन्स खरीद गर्ने निर्णय गरेको छ ।

कोरोना भाईरसले विश्वमा महामारी रुपमा लिईरहेका बेला बिरामीहरुलाई सहज होस भन्ने हेतुले सवारी साधन खरीदका लागि विनियोजन गरेको रकमबाट एम्बुलेन्स खरीद गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले जानकारी दिनुभयो । यस्तै सोही रकमबाट ४० लाख कोरोना कोषमा राख्ने निर्णय समेत भएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गाउँपालिकाले कोरोनाबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउँदै आएको अध्यक्ष धामीले जानकारी दिनुभयो । यस्तै पीसीआर मेसिन खरीदका लागि मालिकार्जुन गाउँपालिकाले ३० लाख रुपैंया उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

दार्चुलाका सबै स्थानीय तहहरु मिलेर पीसीआर मेसिन खरीद गर्ने तयारी गरेकाले गाउँपालिकाका तर्फबाट ३० लाख विनियोजन गरेको अध्यक्ष धामीले जानकारी दिनुभयो । केही दिन अघि बसेको जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दार्चुलामा पीसीआर मेसिन खरीद गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?