दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर १ छाङरुमा गत वैशाख ३१ गते स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपीबाट सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा निगरानी बढाएको छ ।
बीओपी प्रमुख एबं सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको सुरक्षा टोली सीमा निरीक्षणका क्रममा नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पुगेको छ ।
व्याँस क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिसंगै सीमामा हुने चोरी तस्करीका घटनामा उल्लेख्य कमी आउनुका साथै र सीमावासी जनाताले समेत सुरक्षाको अनुभुती गर्न पाएको सुरक्षा अधिकारीहरु बताउछन् ।
छाङरु फेसबुकबाट साभार तस्बिरमा हेर्नुहाेस सशस्त्र प्रहरीकाे सीमा गस्ती
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।