हेलिकप्टरबाट छाङरु-तिकंरमा खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान

दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर १ को छाङरु र तिकंर गाउँमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान गरिएको छ ।

सुर्खेतबाट हेलिकोप्टरमार्फत तत्काल ढुवानी गराई खाद्य वस्तुहरु वितरण गर्नका लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ को उपदफा ९ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ ग अनुसार ढुवानीको बोलपत्र आह्वान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले जनाएको छ ।

खाद्य बस्तु मोटामोटी छाङरुमा १०० र तिकंरमा १०० गरी जम्मा २०० क्विन्टल सुर्खेतदेखि आफ्नै खर्चमा लोडिङ तथा ढुवानी गराई दार्चुला जिल्ला सदरमुकाम वा पाईक पर्ने स्थानमा पुर्याइ त्यहाबाट हेलिकोप्टरबाट खाद्य बस्नु ढुवानी गर्नुपर्ने लगायतका शर्तहरु राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतका प्रादेशिक प्रमुख भिमबहादुर थापाले जानकारी दिनुभयो ।

लकडाउन र सीमा बन्दका कारण व्याँस गाउँपालिका वडा नम्बर १ का व्याँसीसाैका समुदाय याे वर्ष ढिलाे गरि गाउँ फर्किएकाे र खाद्यान्न उत्पादन तथा ढुवानी समेत गर्न नसकिएकाेले  उक्त दुइ गाउँमा सरकारले खाद्यान्न ढुवानी गर्न लागेकाे हाे ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसि‌ंह ठगुन्नाकाे अनुराेध र उद्याेग वाणिज्य तथा अापुर्ती मन्त्री लेखराज भट्टकाे समन्वयमा खाद्य ढुवानीकाे प्रकृर्या शुरु भएकाे सासंद ठगुन्नाका स्वकिय सचिव दाैलतसिह ठगुन्नाले बताउनुभयाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?