दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र नजिकका दुई गाउँ छाङरु र तिकंरमा सञ्चार सेवा अवरुद्ध भएको आठ महिनापछि सुचारु भएको छ । अत्याधिक हिमपातका कारण गत मङ्सिर पहिलो सातादेखि बिग्रेको छाङरु सर्जिकोटस्थित नेपाल टेलिकमको स्काई टावर मर्मत पछि सुचारु भएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो ।

छाङरु पुग्न नेपालतर्फ पैदल बाटो नहुदा मर्मतका लागि जान समस्या भएको थियो, गत बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँगै हेलिकोप्टरमार्फत टेलिकम दार्चुलाका प्रमुख गुरुङपनि छाङरु गएर अवरुद्ध टेलिफोन उपकरण मर्मत गर्नुभएको हो ।

टेलिफोन मर्मतको सामान जेठ महिनामै खलंगा आइपुगेपनि सामानसहित प्राविधिकलाई व्यास पुग्न समस्या थियो । नेपालतर्फ पैदल बाटो क्षतिग्रस्त छ भने भारतबाट जानलाई लकडाउनले सीमानाका बन्द छ । मोबाइल सेवा नहुँदा व्याँसक्षेत्रका स्थानीय र सुरक्षाकर्मीलाई समस्या भएकोमा सञ्चार सुचारु भएपछि स्थानीय हर्षित भएका छन् ।

गत सोमबारदेखि व्याँसको छाङरु स्वास्थ्य चौकीमा इन्टरनेट सेवा पनि सुचारु भएको छ । टावर सञ्चालनमा आएपछि व्याँसको छाङरु र तिंकर गाउँमा स्काई मोबाइल सेवा उपलब्ध भएको छ । व्याँसको टावरबाट भारतीय नागरिक र सुरक्षाकर्मीले समेत मोबाइल सेवा पाउनेछन् । टावरको सोलार प्रणाली र लिंक रिसिभरमा क्षति भएको थियो । व्याँसमा नमस्ते फोन सेवा सञ्चालनका लागि समेत पहल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?