बैतडीकामा कोरोना संक्रमित १७२ पुगे, सुदूरपश्चिममा संक्रमितको संख्या ११ सय नाघ्यो

दार्चुला । बैतडीमा आज थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि हुनेमा शिवनाथ गाउँपालिकाका ९ र दोगडाकेदार गाउँपालिका ५ जना रहेका छन् ।

पुष्टि भएकाहरुलाई यसअघि नै होम आइसोलेसनमा पठाइसकिएको र अब आइसोलेसमा राख्ने तयारी भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएकाे छ ।

योसंगै बैतडीमा कोरोना संक्रमितको संख्या १ सय ७२ पुगेको छ ।

यसैबिच सुदूरपश्चिममा आज ९६ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे।

उहाँका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार एक सय २० पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका तीन सय १९, डडेल्धुरामा दुई सय एक, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय, अछामका ७७, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?