दार्चुला । मार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट बुधबार सातौँ गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष जमनसिह धामीका अनुसार वार्षिक ४४ करोड २५ लाख ८१ हजार आठ सय चालिस रुपैयाँ बजेट गाउँसभामा प्रस्तुत गरिएको हो ।

गाउँपालिकाले कोरोना भाइरसका कारण प्रभावित क्षेत्रको पुर्नउत्थानको लागि कुल १ करोड ३४ लाख ८० हजार रुपैँया, कोरोना प्रभावित बेरोजगार युवाहरुको लागि अध्यक्ष रोजगार कार्यक्रममार्फत रोजगारी सिर्जना गर्न कुल ३० लाख रुपैँया, कोरोना लक्षित प्रविधिमैत्री शिक्षा कार्यक्रमका लागि ५ लाख रुपैँया, कोराना प्रकोप व्यवस्थापन कोषमा ९९ लाख ८० हजार रुपैँया, संघीय सरकारसँगको सहकार्यमा निर्माण भइरहेको सार्सी बजानी सडक निर्माणमा १ करोड, पारिबगर गुल्जर हुँदै बझाङ जोड्ने गरि निर्माण भइरहेको सडकको लागि १ करोड, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनातर्फ समपुरक बजेट अन्तर्गत १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रतर्फ कुल १ करोड ३० लाख रुपैयाँ, स्वास्थ्य क्षेत्रतर्फ १ करोड ५० लाख, कृषि क्षेत्रतर्फ ४३ लाख, पशुसेवातर्फ ४३ लाख, गाउँपालिकाका न्यायिक समिति १० लाख, खेलकुदतर्फ ५ लाख रुपैँया बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । वडा नम्बर १, ४ र ६ मा समान २०।२० लाख र वडा नम्बर २, ३ र ५ मा १५।१५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

यसैबिच मार्मा गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रदेशबाट प्राप्त बैठक भत्ता नलिने निर्णय गरेका छन् । गाउँपालिकाका पदाधिकारीको वार्षिक बैठक भत्ताबाफको कुल १९ लाख ८० हजार रुपैयाँ रकम कोरोना प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष जमनसिह धामीले बताउनुभयो । गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहयोगी र कर्मचारीहरुलाई वार्षिक प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ दिने निर्णय गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?