दार्चुला । महाकाली नगरपालिकाको छैठौं नगरसभामा बुधबार आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको छ । नगरप्रमुख हंशराज भट्टका अनुसार आगामी आर्थिक वर्षको लागि कुल ६३ करोड ३४ लाख ९५ हजार एक सय छ रुपैँयाको बजेट नगरसभासमा प्रस्तुत गरिएको छ ।

नगरपालिकाले कृषि पशु, सहकारी तथा आयआर्जन क्षेत्रको कार्यक्रम कार्यान्वयनको लागि १ करोड र आगामी नीति कार्यक्रम कार्यान्वयन गर्न विभिन्न कोषहरुको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले सामाजिक विकास क्षेत्रअन्तर्गत शिक्षा, स्वास्थ्य, महिला बालबालिका, दलित, अपांग, एकल महिला र खेलकुद लगायतका क्षेत्रको लागि कुल ३ करोड ४६ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकास अन्तर्गत स्थानीय गौरबका योजना, सडक निर्माण, विद्यालय भवन निर्माण, पुल निर्माण, खानेपानी तथा सिचाई, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा वडा स्तरीय योजना कार्यान्वयनको लागि कुल १५ करोड ७ लाख ७५ हजार रुपैँया बजेट विनियोजन गरिएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत ५३ लाख, वित्तिय व्यवस्थापन तथा सुशासन कार्यक्रम सञ्चालनको लागि १० लाख, संस्थागत विकास तथा सेवा प्रवाह तथा सुशासन कार्यक्रमका लागि १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

रोजगारीको शिलशिलामा स्वदेश तथा विदेशबाट कोरोना संक्रमणको त्रासका कारण गाउँ फर्किएका र बेरोजगार युवाहरुलाई विना ब्याँज १० लाख रुपैँयासम्म ऋण उपलब्ध गराउने नीति समेत नगरपालिकाले लिएको छ । नगरसभाले स्वास्थ्य क्षेत्रको समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्स गरिद गर्ने र जनताका लागि निःशुल्क तथा सःशुल्क सेवा प्रदान गर्ने कार्यक्रम ल्याइएको छ । नगरबस सेवा प्रति नगरवासीहरुको समर्थन एंव सन्तुष्टी देखिएको भन्दै आगामी आर्थिक वर्षमा खलंगा देखी डुङरी, काटैं, मैखोली र दल्लेख सम्म नगरबस सेवा प्रारम्भ गर्ने गरी निति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख भट्टले बताउनुभयो ।

महाकाली नगर क्षेत्र भित्र रहेका वेरोजगार तथा सीप युक्त जनशक्तीलाई मेरो सीप र श्रम मेरो माटोलाई कार्यक्रममा आबद्ध गराई ५ सय बढी युवाहरुलाई नगर प्रमुख रोजगार कार्यक्रम मार्फत कम्तीमा ३ महिना रोजगारी प्रदान गर्ने कार्यक्रम निति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?