दार्चुला । नौगाड गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७।०७८ को नीति कार्यक्रम र बजेट बुधबार गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष प्रेमसिह धामीका अनुसार आगामी आर्थिक वर्षको लागि कुल ४१ करोड ७ लाख ४० हजार ३ सय ४० रुपैँयाको बजेट गाउँ सभामा प्रस्तुत गरिएको हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा स्वरोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको अध्यक्ष धामीले बताउनुभयो । बेरोजगार युवाहरुको श्रम र सीप गाउँमै लगानी गर्ने उद्देश्य अनुरुप रोजगारीका क्षेत्रलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

अध्यक्ष धामीका अनुसार नौगाड गाउँपालिकाले चालु आर्थिक वर्षमा कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं व्यवस्थापनमा १ करोड ५३ लाख १५ हजार ७ सय ९५ रुपैँया खर्च गरेको छ । गाउँपालिकाले चार वटा हेल्थ डेस्क व्यवस्थापनमा कुल १० लाख ८६ हजार ५ सय २० रुपैँया, कैलालीको गौरीफन्टा, गड्डाचौकी, धनगढी लगायतबाट उद्धारमा १० लाख ६८ हजार ६ सय ७० रुपैँया, क्वारेन्टाइन व्यवस्थापनमा ५४ लाख ५६ हजार ८ सय ९६ रुपैँया, औषधी खरिद, स्वास्थ्य सामग्री खरिद लगायतमा ८ लाख ४ हजार ८ सय ४२ रुपैँया, दार्चुला, बैतडीका नाका भएर घर फर्किएका नौगाडका मजदुरको उद्धारको लागि ११ लाख ५७ हजार ५ सय रुपैँया, मास्क खरिद निर्माण लगायतमा ४ लाख ८५ हजार ५ सय १८ रुपैँया, जिल्लाबाहिर रहेका विद्यार्थीहरुलाई राहत वितरण अन्तर्गत ३ लाख ५१ हजार रुपैँया, गाउँपालिकाभरी राहत वितरणमा ३७ लाख ५९ हजार ८ सय ४९ रुपैँया खर्च गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?