दार्चुला । व्याँस गाउँपालिकाले बुधबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि, पर्यटन, बहुमुल्य जडिबुटी हाम्रो गहना, समृद्ध व्याँस, सुखी व्याँसी हाम्रो चाहाना भन्ने नाराका साथ अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिनुभयो ।
व्यासँ गाउँपालिकाले शिक्षा, पर्यटन, कृषि, सीमा सुरक्षा लगायत विषयलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रममा आधारीत भएर अगामी वर्षको अनुमानित ३२ करोड बजेट सार्वजनिक हुने निमित्त प्रमुख प्रशासकिय अधिकृत ओझाले बताउनुभयो ।
यसैबिच बुधबार उद्धघाटन भएको मालिकार्जुन गाउँपालिकाको पाचौँ गाउँसभामा आगामी आर्थिक वर्ष ०७७।०७८ को नीति कार्यक्रम तथा बजेट पेश भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि कुल ४७ करोड १९ लाख ७ हजार रुपैँया बराबरको बजेट गाउँ सभामा प्रस्तुत गरिएको हो ।
गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका कार्यक्रम संगै भौतिक पूर्वाधार, युवा स्वरोजगारका लागि कृषि क्षेत्र, पशुपालन, लघुउद्यम, पर्यटन पूर्वाधार जस्ता क्षेत्रलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट केन्द्रीत भएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।