दार्चुला । लेकम गाउँपालिकाले बुधबार आगामी आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । गाउँपालिका उपाध्यक्ष माधवी जोशीको अध्यक्षतामा आयोजित गाउँसभामा गाउँपालिका अध्यक्ष परमान्द जोशीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले कुल ३८ करोड ५३ लाख ६० हजार ६० रुपैँया अनुमानित बजेट सार्वजनिक गरिएको छ । जसअन्तरगत संघिय सरकारबाट प्राप्त अनुदान राजश्व बाडफाडतर्फ ५ करोड ४६ लाख ७६ हजार ६० रुपैँया, वित्तिय समानिकरणतर्फ १० करोड २८ लाख, शसर्त अनुदानतर्फ २० करोड १३ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख रुपैँया प्राप्त भएको छ । यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदानतर्फ ७० लाख, सवारी साधन करतर्फ ५ लाख ८४ हजार रुपँैया प्राप्त भएको छ ।

लेकम गाउँपलिकाले कृषि पशुपालन, स्वरोजगारी, स्वास्थ्य, शिक्षा र पुर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको छ । गाउपलिकाले कृषि नै लेकम गाउँपालिकाको समृद्धी भन्ने मुल नाराका साथ कृषि लाई प्राथमिकतामा राखेको छ । पालिकाले कृषि लाई व्यवसायिकरण गर्दै गरिवि निवारणमा सहयोग पुग्ने यु्वा लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । व्यवसायिक रुपमा कृषि गर्ने हरुका लागी गाउँपालिकाले अनुदान समेत दिने भएको छ । यस्तै एक वडा एक संकलन केन्द्रको स्थापना कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । साना किसान लक्षित कार्यक्रम अन्तरगत प्रस्तावमा आधारित युवा लक्षित कार्यक्रम च्याउ खेति, मौरी पालन लगायतका व्यवसायहरु प्रवद्र्धन गर्ने लेकम गाउँपलिकाले जनाएको छ । यसै गरि विभिन्न संगठित समुहहरुलाई सहकारी प्रति आकर्षित गर्न अभिमुखिकरण कार्यक्रमहरु समेत सञ्चालन गरीने भएकोे छ ।

पशुजन्य उत्पादनमा बृद्धी गरि आर्थिक उपार्जन सहितको समृद्धि भन्ने नाराका साथ गाउँपालिकालाई ३ बर्ष भित्र पशु जन्य उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रमलाइ प्राथमिकता दिईने छ । पशु वस्तुभाउमा लाग्ने माहामारी रोगको कारण हुने क्षति र कृषहरुको लगानिमा हुने जोखमलाई मध्यनजर गर्दै क्षति न्यूनिकरण गर्न माहामारी विरुद्धका भ्याक्सिन अभियानका रुपमा सबै वडा हरुमा सञ्चालन गरिने छ । यस्तै ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता एवं भेटेरिनरी प्राविधिकको लागी घुम्ती कोषको समेत स्थापना गर्ने भएको छ । खेर गईरहेको जमिन, सामुदायिक तथा निजि वनमा पशु वस्तुलाई आवश्यक पर्ने पोषिलो घाँस र चरन क्षेत्रका रुपमा सुधार गरिने छ ।

एक घर एक रोजगार, गरिबी बिरुद्धको हतियार भन्ने नाराका साथ दीर्घकालिन रोजगारी शिर्जना गरी गाँउपलिकालाई आत्मनिर्भर बनाउँन ६ वटै वडामा लघु उद्ययोग सञ्चालनको लागि तालिमहरु सञ्चालन गरिने भएको छ । अपाङ्ता भएका व्यक्तिहरुका लागि स्वरोजगार हुने गरि तालिम तथा श्रोत साधन उपलब्ध गराईने जनाइएको छ । परम्परागत ब्यवसाय तथा ज्ञान सीपलाई आधुनिकिकरण गरि रोजगारी बृद्धी गरिने नीति लिएको छ ।

युवाहरुमा स्वाबलम्बनको खाँचो स्वरोजगारीमा लेकम गाउपालिकाको चासो भन्ने नाराका साथ शिक्षित बेरोजगार युवा श्रमशक्तिलाई स्वरोजगार हुने गरि श्रोत साधनको ब्यवस्था गरिने लेकम गाउँपालिका अध्यक्ष जोशीले बताउनुभयो । बिदेश बाट फर्केका युवाहरुको सीपको उपयोग गरि स्थनिय स्थरमै रोजगारि श्रृजना गर्न कार्यक्रम अघि सारेको छ ।

आगामी बर्ष देखिको सामाजिक सुरक्षा भत्ता लक्ष्मी बैंक लेखम शाखासंगको सहकार्यमा बैँक मार्फत भुक्तानी गर्ने नीति लिइएको छ । बाख्रापालन ब्यवसायलाई व्यवस्थित गर्न पकेट क्षेत्रको बिस्तार गरिने गाउँपालिका अध्यक्ष जोशीले बताउनुभयो ।

गाउँपालिकाले सामाजिक विकास अन्तरगत अपाङ्गता भएका व्यक्तिहरुको सक्षमताका आधारमा स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गरि क्षमता विकास गर्ने लक्ष्य राखिएको छ । समाजमा विद्ययमान रहेका बाल विवाह, महिला हिसां, छाउपडी प्रथा र जातिय भेदभावलाई उन्मुलन गर्न आवश्यक कार्यक्रम सहित सामाजिक रुपान्तरण अभियान संचालन गरिने छ । किशोरिहरुको सामाजिक आर्थिक ,मानसिक शारीरिक विकासका लागी किशोरिसंग उपाध्यक्ष कायक्रम लाई समेत निरन्तरता दिईने भएको छ ।

१६ बर्ष मुनिका आमा र बुवा दुबै गुमाएका बालबालिकाहरुलाई मासिक ५०० र आमा वा वुवा मध्ये कुनै एक गुमाएका बालबालिकालाई मासिक २५० का दरले निर्वाहमुखि भत्ता वितरण गरिने भएको छ । भने जेष्ठ नागरिकहरुको सम्मान र सत्कारका लागि अध्यक्षसंग जेष्ठ नागरिक कार्यक्रम संचालन गरिने छ । लेकम गाउँपालिका भित्रका असहाय, एकल पुरुषका लागि जिविकोपार्जनमा सहज होस भन्ने उदेश्यले कार्यक्रम ल्याईने जनाइएको छ ।

लेकम गाउपालिका वँडा नम्बर २ र ४ को विचमा रहेको कैनोडा टावरमा विद्युत विस्तार र नेपाल टेलिकम संगको सहकार्यमा फोर जी सेवा समेत विस्तार गर्ने निति तथा कार्यक्रममा समावेश गरिएको छ । विद्युतिय तथा आइसीटीको माध्यम बाट सेवा प्रवाह गरिने र पारदर्शिता र सुशासनको कायम गर्ने महत्वपुर्ण शासन विद्युतिय शासन भएकाले लेकम गाउँपालिका भित्रका सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीलाइ आईसिटी तालिम दिन समेत व्यवस्था गरिने भएको छ ।
गाउँपालिका क्षेत्र भित्र हुने बाल बिवाह तथा किशोराअवस्थाको गर्भधारण निरुत्साहित गरिने समेत निति तथा कार्यक्रमा उल्लेख छ । घर घरमा हरियो झण्डा सुत्केरिलाई कुखुराको अण्डा भन्ने नाराका साथ उत्तरप्रसुती अवस्थामा मातृ तथा नव शिशु स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या रोकथामका लागी कार्यक्रमहरु सञ्चालन गरिने छन । कोरोना भाइरस रोगको रोगथाम र नियन्तरणका कार्यक्रमलाई निरन्तरता दिदै अन्य स्थानिय तहहरुसंग समेत सहकार्य गरिने छ ।

गाँउ टोल हराभरा घरघरमा पानी धारा भन्ने नाराका साथ खानेपानी र सरसफाई सम्बन्धी कार्यक्रमहरु उच्च प्राथमिकत्तामा राखिएका छन । उज्यालोे लेकम सम्बृद्ध लेकम कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्ष भित्र लेकम गाँउपालिका भित्र विद्युत विस्तारीकरण गरिने छ । हाल गाउँपालिका अन्तरगत विस्तार भईरहेका सडक सञ्जालहरुको स्तोरोन्नती गरिने छ । भने गोकुलेश्वर लालि सडक खण्ड लाई उच्च प्रथमिकतामा राखिएको छ ।

गाउँगाउँ बस्तीबस्तीमा सडको अवधारणा समेत लागु गरिने भएको छ । वृक्षारोपण कार्यक्रम अन्तरगत एक रुख काट्दा दश रुख रोपौ अभियान संचान गरिने भएको छ । भारतसंग सीमा जाडिएको वडा नम्बर ३ को लालीमा भारतसंग सहकार्य गरी पक्की मोटेरेबल पुलको लागी समेत पहल गरिने भएको छ । भने अन्य गाउँपालिका भित्रका आन्तरिक सडक हरुमा समेत आवश्यकताका आधारमा पक्की पुल निमार्ण गरिने छन । भारतसंग सीमा जोडिएको लालीलाई ब्यपारिक नाकाका रुपमा विस्तार गरिने छ । आवास बिहिन बादी समुदायको लागी बस्ती व्यवस्थापनको अवधारणालाई समेत कार्यक्रममा समेटिएको छ ।

भुक्षय र पहिरोको जोखिम नियन्त्रण का कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखिएको छ । वित्तीय सुशासनलाई कायम राख्न तेश्रो पक्षबाट सार्वजनिक सुनुवाईलाई समेत निरन्तरता दिने नीति ल्याइएको छ । गाउँपालिकाबाट दिइने सेवा सुविधालाई चुस्त दुरुस्त बनाईने छ भने भ्रष्टाचारसम्बन्धी शुन्य सहनसिलताको निति अबलम्बन गरिएको अध्यक्ष जोशीले बताउनुभयो । गाउँपालिकाभित्रका महिला स्वास्थ्य स्वयमसेबीकाहरुलाई मासिक एक हजार प्रोत्साहन भत्ता दिने नीति समेत अबलम्बन गरिएको उहाँले बताउनुभयो ।

सातौँ गाउँसभा उद्घाटन समारोहमा निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायणदत्त भट्ट, गाउँपालिकाका प्रवक्ता महेन्द्रराज जोशी लगायतले मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?