
दार्चुला । दार्चुलामा बिहिबार (आज) थप दुई जनामा काेराेना पुष्टी भएसंगै संक्रमितकाे संख्या १४ पुगेकाे छ ।
सुदूरपश्चिम प्रदेशमा बिहिबार थप एक सय १८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरी आज एक सय १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।
आज सबैभन्दा बढि कञ्चनपुरमा ६० जना, बझाङमा १८ जना, अछामका १३ जना, डडेल्धुराका १२ जना, बाजुराका ८ जना, कैलाली र बैतडीका तीन/तीन जना र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका ११ महिला र ४८ पुरुष गरी ५९ जना, अछामका चार महिला र नौँ पुरुष गरी १३ जना, बैतडीका एक पुरुष, बझाङका तीन महिला र १३ पुरुष गरी १६ जना, बाजुराका दुई महिला र दुई पुरुष गरी चार जना, डडेल्धुराका एक महिला र ११ पुरुष गरी १२ जना र कैलालीका दुई पुरुषमा कोरोना पुष्टि भएको छ।
यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परीक्षणमा बझाङका दुई जना, बैतडी, दार्चुला र कैलालीका एक/एक जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयाे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जुम्लामा भएको परीक्षणमा बाजुराका चार पुरुष, बैतडी र कञ्चनपुरका एक÷एक पुरुषमा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार ६ सय ६७ पुगेको छ।
अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ११ जनामा कोरोना पुष्टि भएको छ। डोटीमा दुई सय नौँ, डडेल्धुरामा दुई सय १७, कञ्चनपुरमा दुई सय ५४, बैतडीमा एक सय ६३, अछामका एक सय २५, बाजुराका एक सय ८, बझाङमा ६२ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७६ जना निको भएर घर फर्किसकेका छन्।
आज धनगढीमा रहेको प्रयोगशालमा भने २४ घण्टामा भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ८३ जनाको कोरोना परीक्षण भएकोमा कसैमा पनि संक्रमण पुष्टि नभएको बताउनुभयाे ।
यसैबिच पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार १६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
थप ३१२ जना निकाे भएर डिस्चार्ज भएका छन् । थप १९ महिला र २९३ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५० पुगेकाे छ । यसमा महिला २१५ र पुरूष दुई हजार ४३४ रहेकाे छ । रेड जाेनमा बिहीबार काठमाडाैँका एक पुरूष थपिएका छन् । याेसँगै रेड जाेनमा ५०९ पुगेकाे छ ।
हालसम्म नेपालमा काेराेना संक्रमणका कारण २६ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।