
दार्चुला । दार्चुलामा शुक्रबार थप तीन जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा शैल्यशिखर नगरपालिकाका तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टका अनुसार शैल्यशिखर नगरपालिकाका ४७, ४७ र ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
असार २ गते दार्चुलाका आइसोलेसन र क्वारेन्टाइनमा रहेका २२८ जनाको स्वाब संकलन गरी धनगढी पठाइएको थियो । संकलन भएका ९५ जनाको रिपोर्ट आउन बाकी रहेको तीन जनाको पोजेटिभ आएको र बाकी १३० जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।
यसैबिच सुदूरपश्चिम प्रदेशमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७÷२७, बझाङका नौँ, दार्चुलाका तीन र अछाम जिल्लाका एक जनामा कोरोना पुष्टि भएको हो।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार ८ सय ८६ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ४९ जनामा कोरोना पुष्टि भएको छ। कञ्चनपुरमा दुई सय ९७, डडेल्धुरामा दुई सय १७, डोटीमा दुई सय ८०, बैतडीमा एक सय ९०, अछामका एक सय २६, बाजुराका एक सय ३५, बझाङमा ७१ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।
पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले साे जानकारी दिनुभयाे ।
यस्तै, विभिन्न अस्पतालबाट थप ४८ जना निकाे भएर डिस्चार्ज भएका छन् । आठ महिला र ४० पुरूष निकाे भएका छन् । याेसँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५८ पुगेकाे छ ।
असार ११ गते थप एकजनाकाे मृत्यु भएकाे छ । अन्दाजी २५ देखि ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक अचेत फेला परेकी थिइन् । जाँच हुँदा मृत्य घाेषणा भएकाे थियाे । साेही दिन जाँच गर्दा १२ गते मृतककाे स्वाबमा काेराेना भेटिएकाे छ । याेसँगै मृत्यु हुनेकाे सङ्ख्या २७ पुगेकाे छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।