बैतडी ।  क्वारेन्टिनमा खाना पकाउने भान्सेको मृत्यु भएको छ। शनिवार बैतडीको दशरथचन्द नगरपालिका –६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मृतक २ महिनादेखि दशरथचन्द नगरपालिका –४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने काम गर्थे। शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएपछि उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै उनले मृत्यु भएको प्रहरीले जनाएको हाे ।

उहाँको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी पठाइने जिल्ला अस्पताल बैतडीले जनाएकाे छ । अहिले शव व्यवस्थापन बारे छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?