कैलालीका संक्रमितको मृत्यु, नेपालमा काेराेनाबाट २८ जनाले ज्यान गुमाए

दार्चुला । कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ। गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे चितवनको भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्तपालले जनाएको छ।

क्यान्सरका विरामी समेत रहेका उहाँलाइ चितवनमा मेडिकल कलेजबाट बिहिबार राती कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो। हिजो दिउँसोदेखि उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उहाँलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।

योसँगै सुदूरपश्चिममा मृतकको सङख्या ६ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ।

यसैबिच हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएकी कोरोना सङ्क्रमित अछाम चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितेकी छन् । आन्द्रा थुनिएपछि जेठ २६ गते कोहलपुर मेडिकल पुर्याएपछि चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया गर्भवती महिलामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?