गोकुलेश्वर । बैतडीको गोकुलेश्वर शेरादेखि नगराउ, डिलाशैनी हुँदै मठैराज जोड्ने सडक एक महिनादेखि जनश्रमदानमा निर्माण भइरहेको छ । गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारबाट ५७ लाख बजेट विनियोजन भएपनि भुक्तानी नपाएपछि स्थानीयहरुको सक्रियतामा जेठ दोस्रो सातादेखि धमाधम सडक निर्माणको काम भइरहेको विद्यार्थी नेता गोबिन्द गिरीले जानकारी दिनुभयो ।

गाउँपालिकाको सहयोग नपाएपछि युवा नेता शन्तोषप्रकाश जोशीको नेतृत्वमा जनश्रमदानमा सडक निर्माणको काम धमाधम भइरहेको छ । स्थानीयहरुको आर्थिक, भौतिक र नैतिक सहयोग पाएपछि गोकुलेश्वरको शेरादेखि पुजारीगाउँ र खेतिगाउँको बिचमा पर्ने लामागाडासम्म ५ किलोमिटर दुई सय मिटर सडकको ट्रर्याक खुलाउन सफल भइएको युवा नेता जोशीले बताउनुभयो । चालु आर्थिक वर्षको असार मसान्तसम्म डिलाशैनी गाउँपालिकाको दुर्गम क्षेत्र मठैराजसम्म सडक विस्तार गरीसक्ने लक्ष्यका साथ काम भइरहेको छ । सरकारको सुन्य लगानीमा झण्डै १७ किलोमिटर सडक निर्माण भइरहेकोले सहयोग गर्न उपभोक्ता तथा निर्माण समितिले सबैमा अनुरोध गरेको छ ।

सडक निर्माणको नेतृत्व गरिरहेका नेकपा युवा नेता जोशीले भन्नुभयो, सेरा, नगराउ, डिलाशैनी मठैराज सडक निर्माणमा सक्दो सहयोग गरेर श्रमदान महाअभियान सफल पार्न सबैलाई अपिल गरिरहेका छौँ । सडक निर्माण कार्यमा सहयोग गर्न चाहानेहरुका लागि ग्लोबल आइएमए बैंक गोकुलेश्वर शाखा, दार्चुलामा रहेको सेरा, नगराउ डिलाशैनी मठैराज सडक निर्माण नामको खाता नम्बर L301010000315 मा रकम जम्मा गर्न सकिने निर्माण समितिले जनाएको छ ।

डिलाशैनीमा गाउँपालिका केन्द्रको विषयमा विवाद हुदा चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना कार्यक्रमहरु समेत प्रभावित भएका छन् । तीन महिना लामो समयदेखि वडा नम्बर ४, ५, ६ र ७ मा तालाबन्दी हुदा वडाबाट सञ्चालन हुने योजना तथा कार्यक्रम समेत प्रभावित भएका छन् । डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ राख्नु उपयुक्त हुने भएपनि गाउँपालिका अध्यक्ष लगायतको टिम पंसेरामा गाउँपालिका केन्द्र स्थापना गर्न लागेकाले गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुदै आएको तालाबन्दी भएका वडाका जनप्रतिनिधिहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?