
दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ५ मा रहेको जगन्नाथ बाल क्लब बगौराले आफ्नो टोलमा रहेका धार्मिक स्थलहरुमा वृक्षरोपण एवं सरसफाइ कार्यक्रम गरेको छ । बाल क्लबले शनिबार जगन्नाथ र मालिकार्जुन मन्दिर परिसरमा वृक्षरोपण र सरसफाइ गरेको जगन्नाथ बाल क्लब बगौराका अध्यक्ष कृष्णसिंह रावलले जानकारी दिनुभयो ।
शैल्यशिखर बाल संजाल शैल्यशिखर नगरपालिकाका सचिब समेत रहेका रावलले आफ्नो नेतृत्वमा एक कार्यक्रमका बिच टोलमा रहेका धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उक्त कार्यक्रममा जगन्नाथ बाल क्लबका १४ जना पदाधिकारी बालबालिकाको सहभागीता रहेको थियो ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।