दार्चुला । फौजी र फेद काट्ने किराको प्रकोपले किसान चिन्तित बनेका छन् । कृषि विज्ञानका प्रशिक्षार्थी तथा नौगाड गाउँपालिकाका स्थानीय प्रकाश सिंह धामीका अनुसार वयस्क पुतली, ध्वाँसे खरानी रङको मध्यम आकारको छोयो भने बटारिएर बस्ने किराले मकैका बोटको फेद काटेर नष्ट गरिरहेको छ ।

दिउँसो लाभ्रेहरु लुकेर बस्ने र राती बाहिर आई मकैका बोटलाई जमिनको सतहमुनी वा माथिबाट काटेर नष्ट गर्ने गरेको छ । कृषि विज्ञानका प्रशिक्षार्थी धामीका अनुसार रोगकिराको व्यवस्थापनका लागि काटेका बिरुवाको जरा नजिक माटोमा कोट्याएर लाग्रेहरु खोज्दै नष्ट गर्ने वा जैविक बिषादी मालाथियन छर्किनु पर्दछ । किसानहरुले किटनासक औषधी समेत नपाउदा समस्या भएको गुनासो गरेका छन् ।

पछिल्लो समय फेद कटुवा किरासंगै फौजी किराको प्रकोप समेत बढेको छ । फौजी र खुम्रे कीराको प्रकोपले मकैबालीमा क्षती पुर्याउन थालेपछि किसान चिन्तित बनेका छन् । मुख्य खाद्यबालीका रुपमा रहेको मकैमा विभिन्न प्रकारका रोगकिराको प्रकोप देखिन थालेपछि केहि किसानहरुले हिउदमा के खाने भन्ने चिन्ताले सताउन थालेको गुनासो गरेका छन् । नेपालमा असार दोस्रो साता मात्रै प्रबेस गरेको सलह किरोको प्रकोप समेत हुन सक्ने भएकोले समयमै सचेत बन्नुपर्ने धामीको भनाइ छ ।

फेद काट्ने कीरा

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?