दार्चुला । नौगाड गाउँपालिकामा नहर भत्कीएर पहिराे जादा २ जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

नाैगाड गाउँपालिका वडा नं ४ होपरिगाडमा आइतबार राती नहर भत्कीएर घरमा पहिराे खस्दा स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र उहाँका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक चन्द्र सिह महताकी श्रीमती चनमती महतालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जाेशीका अनुसार पहिरो खस्दा घर पुर्णरुपमा क्षतीग्रस्त भएको छ । झण्डै आधा दर्जन घरहरु पहिराेकाे उच्च जाेखिममा रहेका छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गाेकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँदकाे नेतृत्वमा प्रहरी टाेली पुगेको र उद्धार कार्य भएरहेकाले थप विवरण आउन बाकि रहेको सूचना अधिकारी जोशीले बताउनुभयाे।

यसैबिच महाकाली लाेकमार्ग अन्तरगत शैल्यशिखर नगरपालिका वडा नम्बर छ पनेबाज भन्दा तीन सय मिटर टाढा पनेखालामा सुख्खा पहिराे जादा सडक पूर्ण रुपमा अवरुद्ध भएकाे र जनजीवन प्रभावित भएकाे छ । पनेबाँज र मार्मामा गएकाे पहिराेका कारण सडक अवरुद्ध भएर यात्रुहरुलाइ समस्या भएकाे प्रहरीले जनाएकाे छ ।

पनेबाँजमा गएकाे पहिराेका कारण सडक अवरुद्ध

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?