दार्चुला । महाकाली लोकमार्गको गोकुलेश्वर—खलंगा सडकखण्ड अन्तरगत शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँज भन्दा तीन सय मिटर टाढा पनेखालामा सुख्खा पहिरो जादा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुदा यात्रुहरु अलपत्र पर्नुका साथै जनजीवन प्रभावित भएको छ । पनेबाँज र मार्मा गाउँपालिकामा गएको पहिरोका कारण सडक अवरुद्ध भएर यात्रुहरुलाइ समस्या भएको प्रहरीले जनाएको छ ।

वर्षायाम सुरु भएसँगै ठाँउ–ठाउँमा पहिरो खस्दा महाकाली लोकमार्गको गोकुलेश्वर—दार्चुला सडक खण्डमा यात्रा गर्न जोखिम हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?