दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ४ मा भीरबाट लडेर एक किशोरीको ज्यान गएको छ ।

घाँस काटीरहेका बेला भीरबाट लडेर शैल्यशिखर नगरपालिका ४ कुरेधारकी १५ बर्षीय किशोरी लालमती ठगुन्नाको मृत्यु भएकाे स्थानीय रामसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

साेमबार बिहान ११ बजेतिर भीरबाट लडेकी ठगुन्ना अन्दाजी डेढसय मिटर तल खस्नु भएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको स्थानीय ठगुन्नाले बताउनुभयो ।

मृतक ठगुन्ना मालिकार्जुन मावि काँडापारीमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्थ्याे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?